आज शेयर बजार झण्डै १० अकंले घटेकाे छ । शेयरबजार पछिल्लो समय लगातार बढिरहेको थियाे भने आज घटेको छ । पुस १६ गतेदेखि बढ्न थालेको बजार झण्डै तीन सय अंक उकालो लागेपछि आज सामान्य १० अकंकाे गिरावट आएको हो ।
नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा पुगेकाे छ ।
आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले गिरावट भएकाे छ । आज बैंकिङ समूहको शेयर भने २२ अंकले वृद्धि भएकाे छ ।
आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएकाे थियाे । मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।
समग्र बजार घटेर राताम्मे भएपनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले वृद्धि भएकाे छ ।