

सिद्धार्थ बैंकले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा विहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को को संचालक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ प्रतिवेदन, सहायक कम्पनी सिद्वार्थ क्यापिटलको आर्थिक वर्ष २०७८र७९ वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायमु चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ सन्जाल