अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तीन महिनादेखि बन्द मञ्जुश्री सहकारी खुल्न थाल्यो

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो ।

बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार गरिने प्रतिबद्धता जनाएका छन् ।

सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उनले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ ।

सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले जानकारी दिए ।

सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् ।

सहकारीले करिब रु ११ करोड बचत फिर्ता गर्नुपर्ने छ । बजारमा रु सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । रु पाँच करोडको घर सहकारीका नाममा छ । शेयर सदस्यको शुल्क रु एक करोड गरी रु १३ करोडको पुँजी रहेको पनि उहाँको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ ।

सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेका थिए । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् ।

सहकारीको अहिले रहेको करिब रु सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए ।

“धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उहाँसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ, तर आउनु हुन्न, अब साधारणसभामा यो विषय पनि लैजान्छौँ”, उनले भने ।

सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालक एकले अर्कोलाई दोष देखाउन थालेका थिए । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ ।

सहकारीबाट राजीनामा दिइसकेको बताउनुहुने पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । “सहकारी सबै सञ्चालक एवं शेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन”, उनले भने ।

सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आउनुभएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्नुहुने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब रु पाँच लाख सहकारीमा बचत गर्नुभएका ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको कार्यालय खुलेसँगै डुबेको पैसा पाइने आशा जागेको बताउँछन् ।

चार सहकारीका सञ्चालक अझै बेपत्ता
काठमाडौँ महानगरपालिका–६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कागेश्वरी मनोहरा नगरापालिका–८ शिवचोकमा कार्यालय रहेको कागेश्वरी बचत तथा ऋण सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेको जनाइएको छ ।

स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडाध्यक्ष नवराज लामाले पनि सहयोग गर्नुभएको बचतकर्ताले जनाएका छन् । तर वडाध्यक्ष लामाले भने मञ्जुश्री सहकारीबाट लिएको ऋण १० वर्ष पूरा हुँदा पनि नतिरेको भनी नाम सार्वजनिक भएको छ ।

मञ्जुश्री सहकारीका उपाध्यक्ष तामाङ वडाध्यक्ष लामालाई पटक–पटक पत्राचार गर्दा पनि अझै ऋण तिर्न नआएको बताउँछन् । अन्य ऋण नतिर्ने जनप्रतिनिधिको पनि नाम सार्वजनिक गरिने पनि उनले बताए । रासस

Artha Sanjal
मिती : ४ पुष २०७९, सोमबार १८:५७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.