

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ नामको ऋणपत्र निष्कासन गरेको हो ।
छिटो अवधि मिति पुस ४ गतेसम्म तोकिएपनि सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस १४ गतेसम्म विक्री खुला रहने जानकारी कम्पनीले दिएको हो । बैंकले प्रति ऋणपत्र रू. १ हजार दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न लागिएको हो भने बाँकी ४० प्रतिशत अर्थात रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने बताएको छ ।
यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ सन्जाल