अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

रासायनिक मल : चाहिन्छ ७ लाख टन, आउँछ ४ लाख भन्दा कम

  • अर्थ सन्जाल
  • ४ पुष २०७९, सोमबार १०:०२


काठमाडौं । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मन्त्रालयले हालसम्म वर्षमा अधिकतम ३ लाख ९४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल उपलब्ध गराउन सकेको छैन । मन्त्रालयका अनुसार पछिल्लो ११ वर्षमा सरकारले आर्थिक वर्ष (आव) २०७७/७८ मा हालसम्मकै सबैभन्दा बढी ३ लाख ९४ हजार मेट्रिक टन मल उपलब्ध गराएको थियो ।

अहिलेको अवस्थामा उपलब्ध भइरहेको मलले हाम्रो आवश्यकता धान्न नसकेको निष्कर्षसहित मन्त्रालयले करीब ५ लाख २० हजार टन मल भित्र्याउने लक्ष्य राखेको छ । त्यसमा मन्त्रालय सफल भने हुन सकेको छैन । मन्त्रालयको लक्ष्यअनुसारै मल आयात भए पनि त्यसले देशको आवश्यकता पूरा नहुने तर्क गर्छन् कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की ।

‘हालको अवस्थामा हामीलाई करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक छ । ७ लाख टन हाराहारी ल्याउन सक्यौं भने कुनै पनि किसानले मल नपाएको गुनासो गर्ने छैनन्,’ उनले भने, ‘अलि अघिसम्म धान, गहुँ र मकैमा मात्रै रासायनिक मल हाल्न पाउने प्रावधान थियो । १ वर्षअघि सरकारले सबै बालीमा रासायनिक मल हाल्न पाउने प्रावधान ल्याएपछि यसको प्रयोग अत्यधिक बढेको छ । यस अवस्थामा सरकारी लक्ष्यले किसानको माग पूरा हुँदैन । त्यसैले अबको हाम्रो लक्ष्य नै ७ लाख मेट्रिक टन आयात गर्ने हुनुपर्छ ।’

यसका लागि सरकारले अहिले मल खरीदका लागि विनियोजन गर्दै आएको बजेट बढाउनुपर्ने उनको भनाइ छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा मल खरीदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसले नपुग्ने भएपछि पुनः साउनमा अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । त्यसमध्ये कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत २ लाख ५७ हजार मेट्रिक टन मल खरीदका लागि टेन्डर आह्वान भई हालसम्म १ लाख १० हजार टन आयात भइसकेको छ ।

आयातित १ लाख १० हजार टनमध्ये ८६ हजार ५ सय टन विक्रीवितरण भइसकेको छ । अर्थ मन्त्रालयबाट प्राप्त थप स्रोतले पनि आवश्यक मात्रामा मल ल्याउन नपुग्ने भएकाले अझै थप स्रोत खोज्नुपर्ने अवस्था देखिएको कार्कीले बताए । उनका अनुसार अहिलेको अवस्थामा मल अभावको मुख्य कारण नै बजेटको कमी हो ।

सरकारले ल्याएर अनुदानमा वितरण गर्ने मलले मुलुकको कुल मागको ७० प्रतिशत मात्रै धान्ने गरेको उनको भनाइ छ । बाँकी ३० प्रतिशत माग प्रांगारिकलगायत अन्य स्रोतबाट पूरा हुन्छ । हाम्रो रासायनिक मल आवश्यकता १२ लाख मेट्रिक टन भएको उनको दाबी छ ।आर्थिक अभियान दैनिक

Artha Sanjal
मिती : ४ पुष २०७९, सोमबार १०:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

ताजा समाचार

  1. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  2. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  3. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  4. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  5. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  6. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  7. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.