फ्रान्सविरुद्ध अर्जेन्टिना २–० गाेलअन्तरले अगाडि

काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिाले २–० गोलले अग्रता लिएको छ ।

खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ । खेलको ३६औं मिनेटमा एन्जेल डी मारियाले अर्को गोल थप्दै अग्रतालाई बलियो बनाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *