

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित समानुपातिक सांसद आरजु राणाले अबको प्रधानमन्त्री शेरबहादुर देउवानै हुने बताएका छन् । निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले भनिन्, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’
राणाले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा हुने र देउवा नै चयन हुने विश्वास पनि व्यक्त गरिन् । ‘सर्वसम्मत हुने कुरामा भन्दा पनि पोलिटिक्समा आएपछि भविष्यमा नेतृत्व स्थापित गर्न प्रतिस्पर्धा हुनुपर्छ । चुनावमा गएपछि कस्तो नतिजा आउँछ थाहा हुन्छ’, उनले भननिन्, ‘हाम्रो डेमोक्रेटिक पार्टी भएकले जो पनि उठ्न सक्छ । प्रतिस्पर्धा गरेर जानुपर्छ ।’
प्रजातान्त्रिक र संसदीय व्यवस्थामा अंकगणितको खेल हुने बताउँदै राणाले को पदमा आउँछ भन्ने कुरा त्यसले निर्क्योल गर्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी स्वभाविक भएको हो ।
अर्थ सन्जाल