महालक्ष्मी लाईफको बीमा जागरण अभियान सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सले तनहुँमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली कलेजमा शुक्रबार ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रममा सम्पन्न गरेको हो ।

कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ । कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रिय सदस्य राजु ढकालले दिए ।

साथै, दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेका उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यस्तै, तनहुँभरि बीमा जागरण अभियानलाई प्रभावकारीताका साथ सञ्चालन गर्नका लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *