

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकद्वय कमलेश अग्रवाल नियामकको धज्जी उडाउँदै गैरकानूनी रुपमा सञ्चालकमा नियुक्त भएका छन् ।
उनीहरुको नियुक्ति गैरकानूनी भएको भन्दै खारेजीको माग गर्दै अर्थ मन्त्रालयसहित नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड लगायतको नियामक निकायमा सेयरधनीले उजुरी गरेका छन् ।
नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)को संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधनसहित निर्देशन नं. ७ को सञ्चालकको अयोग्यता अन्तर्गत उपनिर्देशन (ङ) र (छ) को प्रावधान अनुरुप नेपाल लाइफको कमलेश कुमार अग्रवाल सञ्चालक पदमा नियुक्त हुन अयोग्य छन् ।
अग्रवाल बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिको रुपमा संस्थापक सेयरधनीतर्फ सञ्चालक रहेको नागरिक लगानी कोषले विभिन्न कोषहरु स्थापना गरी कर्मचारी तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा ऋण प्रवाह गर्ने कार्य गर्दै आइरहेको छन् । निर्देशन नं. ७ अनुरुप नागरिक लगानी कोषले मर्चेन्ट बैंकरको रुपमा समेत काम गर्दै आइरहेको छ ।
निर्देशन ‘ङ’ मा “बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक वा अन्य कुनै पनि बीमकको संस्थापक समूहको आधारभूत सेयर धारण गरेको बहालवाला सञ्चालक वा कर्मचारी” र ‘छ’ मा बीमक कम्पनीको सञ्चालक हुन वा सञ्चालकमा मनोनित हुन अयोग्य व्यक्तिमा “धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर” भनेर तोकिएको छ ।
त्यसैगरी बीमा प्राधिकरण(साबिक बीमा समिति)ले जारी गरी २०७८ चैत्र १३ गतेबाट लागू भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधनले बीमक कम्पनीको अध्यक्षसहित अन्य सञ्चालक बढीमा २ पटकसम्म मात्रै सञ्चालक हुन सक्ने र स्वतन्त्र सञ्चालक एक पटक मात्रै हुन पाउने व्यवस्था रहेको छ । अग्रवाल नेपाल लाइफकाे स्वतन्त्र सञ्चालक पदमा १५ वर्ष अविच्छिन्न रहेर २०७८ चैत्र २१ गतेबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै पुन: सञ्चालक पदमा नियुक्त भएका छन् । उनकाे नियुक्ति बीमकको संस्थागत सुशासन निर्देशिकाकाे ३(क) विपरित छ ।
अर्थ सन्जाल