

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ६५ करोड रहेको छ । ?
Artha Sanjal
अर्थ सन्जाल