

कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जारी दुई देशबीचको खेलमा रोचक प्रतिस्पर्धा भइरहेको छ ।
पहिलो हाफको खेल सकिँदा मोरक्कोविरुद्ध क्रोएसिया २–१ गोल अन्तरले अगाडि छ । क्रोएसियाका लागि खेलको सातौं मिनेटमा जस्को गार्भाडिओलले गोल गरेर टिमलाई अग्रता दिलाए । तर नवौं मिनेटमै मोरक्कोका अच्राफ दरीले गोल फर्काएर खेल बाराबरीमा ल्याए । तर खेलको ४२औं मिनेटमा पुनः क्रोएसियाका मिस्लाभ ओर्सिचले अर्को गोल गरे ।
आज मोरक्को र क्रोएसिया तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रेका । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।
Artha Sanjal
अर्थ सन्जाल