

पुस १ गते शुक्रबार थप ६ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । एकैदिन २ वटा बैंक, २ वटा हाइड्रोपावर कम्पनी, १ वटा इन्स्योरेन्स र एउटा फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
कुनको लाभांश कति ?
प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष ०७८/७९ को बाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बैंक
नेपाल बैंकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाटबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीहरुलाई २ प्रतिशतका दरले बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
दुवै बैंकको प्रस्तावित प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान वितरण हुनेछ ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
बिन्ध्यबासिनी हाइड्रोपावर
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न आगामी पुस २२ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ।
मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत लाभांश इतरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश कर समेत गरी वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट७.६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.६० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये २.४० प्रतिशत बोनस सेयर रहेको छ भने ५.२० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।
अर्थ सन्जाल