

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरु चुक्तापुँजीको कुल ५.०२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २२ गते आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १२ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल