

नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज (शुक्रबार) बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल