अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तपाईं दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला

  • अर्थ सन्जाल
  • २९ मंसिर २०७९, बिहीबार २१:१२


तपाईँ आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका सवारीसाधनलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका सवारीसाधनलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताइन् । भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि नेपालसहित अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उनले बताइन् ।

उनले भाडाका सवारीसाधन बायाँ साइडबाट मात्र चल्ने व्यवस्था कडाइका साथ लागू गर्ने, तोकिएको स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने, उच्च गतिलाई न्यूनीकरण गर्ने, लेन अनुशासन पालना गराउने, भाडाका सवारीसाधनमा भाडादर यात्रुले देख्ने गरी राख्ने, ज्येष्ठ नागरिक, अपाङ्गता, अशक्त, गर्भवतीलाई सवारी चढाउँदा र ओराल्दा विशेष सहजीकरण गरिदिने, आरक्षण सिटको पूर्ण पालना गराउने निर्णय गरिएको उनले बताइन् ।

प्रजिअ शर्माकाअनुसार चालक, सहचालकको बोली, व्यवहार, आचरण यात्रुमैत्री बनाउने, राजमार्ग तथा सडकपेटीमा थुपारिएका सामग्री तत्काल हटाउन लगाउने, जिल्लाभित्रका सडक निर्माण तथा मर्मतको काम सम्बन्धित कार्यालयले गर्ने, ट्राफिक नियम कडाइका साथ पालना गराउने, सडकको खाल्डाखुल्डी पुर्ने, चोक जक्सनमा ट्राफिक लाइट, सडक सङ्केत बोर्ड व्यवस्था गर्नेलगायतका निर्णय कार्यान्वयनमा ल्याइएको छ ।

भाडाका सवारीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णयलाई कडाइ गरिने बताउँदै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले अटेर गर्ने चालकलाई अब कारबाही गरिने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भक्तपुरमा गत साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक सय ६९ वटा सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको र १४ जना गम्भीर घाइते भएको जानकारी दिए । उनले भक्तपुर सडकमा मोटरसाइकल चालक र भाडाका सवारी चालकको लापरवाहीले दुर्घटना बढेको बताए ।

ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक अवदेश विष्टले सवारीसाधन दुर्घटनालाई न्यूनीकरणका लागि गरिएको निर्णय कडाइका साथ लागू गर्ने बताउँदै यातायात व्यवसायीमार्फत भाडाका सबै सवारी चालकलाई बायाँ लेनमात्रै प्रयोग गर्न गराउन आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई र भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दुर्घटना रोक्न चालिने कदमका लागि आवश्यक सामान र पूर्वाधारमा सहयोग गर्न नगरपालिकाहरू तयार रहेको बताएका थिए ।

नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेत, नेकपा (एमाले)का सचिव मोहनवीर श्रेष्ठलगायतले सडकका पूर्वाधार, सडक चिह्न र सडकबत्तीको आवश्यकता रहेको औँल्याए । सडकमा रहेको अव्यवस्थित पार्किङ दुर्घटनाको अर्को कारण भएको बताइएको थियो ।

अरनिको यातायातका पूर्वअध्यक्ष केदार क्षेत्री, काभ्रे यातायात, ख्वपः यातायात, मयुर यातायातलगायत यातायात प्रालिका प्रतिनिधिले दुर्घटनाको प्रमुख कारण तीव्रगतिका मोटरसाइकल भएको जिकिर गर्दै दुर्घटनापछि घाइते र मृतकका परिवारले रकममा बार्गेनिङ गर्ने गरेको बताए ।

सडक आयोजनाका प्रमुख रवीन्द्रलाल दास, पूर्वाधार कार्यालयका प्रमुख भरत यादव, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीलगायतले बजेट कम हुँदा सडकमा आवश्यक पूर्वाधारको व्यवस्था गर्न नसकिएको बताए । प्रत्येक १५ दिनमा निर्णय कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिन सडक अनुगमन गरिने भएको छ । रासस

Artha Sanjal
मिती : २९ मंसिर २०७९, बिहीबार २१:१२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताजा समाचार

  1. राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी
  2. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  3. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  4. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  5. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  6. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  7. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.