

सूचीकृत संगठित संस्थाको सञ्चालकदेखि व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा खटिने कर्मचारीसम्मले आफू बहाल रहेको कम्पनीको धितोपत्र खरीद/बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नपाउने नियम कार्यान्वयनमा आएको छ ।
यो सँगै अबदेखि संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा व्यवस्थापन र लेखासम्बन्धी काममा प्रत्यक्ष संलग्न व्यक्ति सो पदमा रहुन्जेल वा पदबाट अवकास प्राप्त गरेको एक वर्ष नपुगेसम्म आफ्नो कम्पनीको धितोपत्र व्यक्तिगत वा परिवारको सदस्यका नाममा रहेको भए पनि खरीद, बिक्री र हस्तान्तरण गर्न नपाउने पाउनेछैनन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) मा यस्तो प्रावधान रहेको छ ।
अब सूचीकृत कम्पनीले यस्ता पदाधिकारीको सूचीकृत कम्पनीमा भएको सेयर सिडियम एण्ड क्लियरिङ लिमिटेडमा तोकिएको समयसम्म रोक्का राख्नु पर्ने भएको छ । नेप्सेले बुधबार जारी यो निर्देशन अनुसार आगामी १५ दिन भित्र यो काम गरिसक्नु पर्ने भएको छ ।
अर्थ सन्जाल