अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कैलालीमा धान खरिद सुरु

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो ।

‘‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो ग¥यो”, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भन्नुभयो, “ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौँ ।” उहाँले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताए ।

केवल डगौरा चौधरी जस्तै डाडाँबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गरे । ‘‘सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,” उहाँले भन्नुभयो, “ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए ।”

सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधैँ बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारीस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जीतबहादुर बोहरा बताउछन् ।

‘‘हामीले धान खरिद सुरु गर्‍यौँ, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ’’, उनले भने, “तीस क्विन्टलसम्म सिधैँ खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ ।’’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो । कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल रु दुई हजार नौ सय ६७ खरिद गरिरहेको छ ।

Artha Sanjal
मिती : २९ मंसिर २०७९, बिहीबार १७:१५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

ताजा समाचार

  1. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  2. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  3. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  4. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  5. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  6. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
  7. हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.