

चालु आर्थिक वर्ष२०७९/८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आव २०७८/७९ को तुलनामा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ । सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो ।
यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो ।
त्यस्तै कात्तिकसम्म पूँजीगत ट्रान्सफर १८.१ प्रतिशतले बढेर २ अर्ब ९७ करोड कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रहेको थियो ।
अर्थ सन्जाल