

सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.४८अंकले घटेर १८८२.६० बिन्दुमा ओर्लिएको छ ।
नेप्से घटेपनि आज सेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंकको प्रोमोटर सेयर सर्वाधिक २२ करोड ८९ लाख रुपैयाँमाथिकाे कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्ट, सिवाईसी लघुवित्त, नेपाल टेलिकम, नबिल बैंक, हिमालयन डिस्टिलरी, रिडी पावर, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक र नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल