

सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.४८अंकले घटेर १८८२.६० बिन्दुमा ओर्लिएको छ ।
यता, सेन्सेटिभ परिसूचक २.१५ अंकले घटेर ३६८.०४ बिन्दुमा ओर्लिएको छ ।
नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यसदिन कारोबार भएकामध्ये २८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १६७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल