

नेपाल बैंकर्स संघको कार्य समिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला पुन: निरन्तरता पाएका छन् ।
संघको बिहीबार सम्पन्न ३३ औँ साधारणसभाले कोइरालालाई दोस्रो कार्यकालका लागि चयन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन्।
विगत ७ वर्षदेखि यस बैंकमा कार्यरत कोइरालासँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव छ।
हाल माछापुच्छ्रे बैंकले सातै प्रदेशमा १४४ वटा शाखा र १३३ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २७७ स्थानबाट सेवा दिदैं आएको छ। साथै देशभर रहेका १६७ वटा एटीएममार्फत बैंकले २४ घण्टा नै सेवा प्रदान गरेको छ।
Artha Sanjal
अर्थ सन्जाल