

नेपाली बजार बिहीबार सुनको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल