

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृतिपछि मात्रै वितरण गरिने कम्पनीले जनाएको छ।
यसैगरी, सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Artha Sanjal
अर्थ सन्जाल