

शिवम सिमेन्टले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर २८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो पुस २९ गते सातौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Artha Sanjal
अर्थ सन्जाल