

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल कायम चुक्ता पूँजीबाट ६.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न बैंकले पुस १४ गते, बिहीबार एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।
यसका साथै सभाले प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ अनुपात अर्थात सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता सेयर अनुपातमा एक्वायर गर्ने, एक्विजिशन प्रयोजनार्थ भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
अर्थ सन्जाल