अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

समस्याग्रस्त सहकारीका बचतकर्ता भन्छन् : ‘आधामात्र बचत फिर्ता पायौँ’

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ हजार आठ सय २४ माग गरेका थिए ।

समितिले भने पाँच जनालाई मात्र रु १३ लाख २२ हजार तीन सय ८० दिइएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए । स्टाण्डर्ड मल्टिपर्पोजलाई सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । पाँच जनालाई गत कात्तिक मसान्तमै बचत फिर्ता गरी हिसाब–किताब राफसाफ गरिएको जनाइएको छ । बचतकर्ताले भने समितिबाट बचतको आधामात्र रकम पाएको बताएका छन् ।

स्टाण्डर्ड मल्टिपर्पोजमा रु १८ हजार बचत गर्नुभएकी वनस्थलीकी सरस्वती चक्रधरले त्यसको आधा अर्थात् रु नौ हजारमात्र समितिबाट फिर्ता पाए । उनले भने, “मैले ओरेण्टल को–अपरेटिभ लिमिटेडमा तीन लाख मुद्दती खातामा जम्मा गरेको छु, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा पनि रु तीन लाख २० हजार मुद्दती खातामा राखेको छु, धेरै पैसा राखेको दुवै सहकारीबाट अझै पैसा फिर्ता पाउन सकिएको छैन, यी दुवै सहकारीलाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ, दुवैलाई अहिले समितिले नै हेर्छ, थोरै राखेको सहकारीको भने आधामात्र पैसा फिर्ता पाएको छु ।”

अरु पैसा पाउने कहिले–कहिले भनेर आधामात्र भए पनि फिर्ता लिएको बचतकर्ता बताउँछन् । समितिले हाल अन्य ११ वटा समस्याग्रस्त सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गराउन लागिपरेको जनाएको छ । ओरेण्टल सहकारीका बचतकर्ताबाट अझै समितिले निवेदन माग गरेको छ । मङ्सिर २३ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिनसम्म ओरेण्टल सहकारीमा बचत गर्नेले आफूसँग भएको प्रमाणसहित समितिको कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।

यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । रासस

Artha Sanjal
मिती : २८ मंसिर २०७९, बुधबार २१:०८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.