

प्रभु बैंकको ४० लाख कित्ता शेयर बिक्रीमा आएको छ ।
बैंकको संस्थापक समूहको ४० लाख कित्ता शेयर आज मंसिर २८ गतेबाट बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक विद्यमान शेयरधनी, योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १३ गते तोकिएको छ।
Artha Sanjal
अर्थ सन्जाल