अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

क्रोएसियालाई ३-० हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

  • अर्थ सन्जाल
  • २८ मंसिर २०७९, बुधबार ०७:४७


कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाले कप्तान लिओनेल मेस्सी र युवा फरवार्ड जुलियन अल्भारेजको गोलमा अग्रता बनाउन सफल भएको हो । क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्यो ।

खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

३९ औं मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा मिडफिल्डदेखि आफैं बल अघि बढाएका उनले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । क्रोएसियाका दुई डिफेन्डरले बल क्लियर गर्ने अवसर पाएपनि त्यसमा कमजोर क्लिअर गर्दा दुवै पटक अल्भारेजको खुट्टामा बल पुगेको थियो । अन्त्यमा अल्भारेजले वन भर्सेस वनमा सहजै गोल गरे ।

४२ औं मिनेटमा अर्जेन्टिनाको अर्को गोलसामु लिभाकोभिच बाधक बने । मेस्सीको कर्नरमा निकोलस टाग्लीयाफिकोले पोस्टतर्फ पठाएको बललाई लिभाकोभिचले बचाए । ६९ औं मिनेटमा मेस्सीको शानदार मुभ बनाउँदा जुलियान अल्भारेजले ३ गोल गरे र ३-० को अग्रता लिएको थियो। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।

अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

Artha Sanjal
मिती : २८ मंसिर २०७९, बुधबार ०७:४७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

ताजा समाचार

  1. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  2. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  3. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  4. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  5. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  6. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  7. रवि लामिछानेको सांसद पद खारेज

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.