

आज सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २.५७ अंकले घटेर १९८९९.७० बिन्दुमा ओर्लिएको छ ।
यता, सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० बिन्दुमा ओर्लिएको छ ।
नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँमाथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत घटेर करोडमा सीमित भएको छ ।
यसदिन कारोबार भएकामध्ये ९० कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १०४ कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल