

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा संस्थापक समूहको ७ लाख कित्ता र सर्वसाधारणको ९ लाख ९३ हजार ७५० कित्ता छन्।
कम्पनीले पहिलो कारोबारको लागि ३०२ रुपैयाँ देखि ९०६ रुपैयाँको सूरुवाति कारोबार रेञ्ज पाएको छ । कारोबार संकेत एसएचएलबि (SHLB)रहेको छ ।
भोलि (बुधबार) स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेञ्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।
Artha Sanjal
अर्थ सन्जाल