

प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ । इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
बैंकले सो सेयरको न्युनतम मूल्य १२६ रुपैयाँ तोकेको छ ।
यसर्थ सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । न्युनतम १० हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलकबोल मंसिर २८ देखि खुला हुनेछ । बोलकबोलमा पुस १३ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ । बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल