

पछिल्लो एक वर्षमा कालोसूचीमा पर्ने ऋणीको संख्या उल्लेख्य वृद्धि भएको छ । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार पछिल्लो ८ महिना अर्थात् मंसिरसम्म १४ हजार ६४७ ऋणी कालोसूचीमा छन् ।
जबकी २०७८ मा कालोसूचीमा पर्ने ऋणीको संख्या ९ हजार २७३ रहेको थियो । यो वर्षको पछिल्लो ८ महिनामै ५ हजारभन्दा बढीले बढेर १४ हजार ६४७ पुगिसकेको छ ।
ऋणीलाई पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेको र सम्पर्कमा नआउने ऋणीलाई बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । कालोसूचीमा परेको व्यवसायीको बैंक खाता रोक्कादेखि सरकारी सेवा सुविधामा प्रतिबन्ध लाग्ने हुन्छ । उक्त कम्पनी वा ऋणीमाथिको निगरानी बढाउँदै सरकारले आवश्यक कारबाहीसमेत गर्छ ।
Artha Sanjal
अर्थ सन्जाल