अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

  • अर्थ सन्जाल
  • २७ मंसिर २०७९, मंगलवार १२:५४


चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा ।

दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् । यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए । “पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।”

पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । “विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो”, भण्डारीले भने । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ । “घण्टहरु लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो”, भण्डारी सम्झिनुहुन्छ, “अहिले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा मन्दिर पुनर्निर्माण गरेका छौँ ।”

मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब रु ४० लाखमा मन्दिर पुनर्निर्माण गरिएको छ । पुर्ननिर्माणलाई सङ्घीय सरकारबाट रु सात लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट रु छ लाख ९५ हजार सहयोग भयो । स्थानीयकै सक्रियतामा रु ११ लाख ३० हजार चन्दा सङ्कलन गरियो ।

उहाँका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ । “यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौँ,” गुरुङ भन्छन् । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने सोच राखिएको बताउछन् ।

मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउछन् । यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउछन् । मन्दिरमा दसैँ, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ । काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिए। निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ । मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस

Artha Sanjal
मिती : २७ मंसिर २०७९, मंगलवार १२:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लगातार घट्यो सेयर बजार : मंगलवार १५.७४ अंकको गिरावट,

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने

ताजा समाचार

  1. लगातार घट्यो सेयर बजार : मंगलवार १५.७४ अंकको गिरावट,
  2. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  3. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  4. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  5. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  6. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  7. दूधको मूल्य बढाउन माग

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.