

पुस महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले पुसमा पनि बैंकहरुको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
संघको सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्।
यसअघि मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बैंकरहरुले बताएका थिए।
योसँगै अब पुसमा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गर्नेछन्।
Artha Sanjal
अर्थ सन्जाल