नेपाली बजारमा (मंगलबार) पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख २०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल