

नबिल बैंक लिमिटेडले ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्य खोली शिलबन्दी निवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल