

कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।
आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उहाँले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु ५० हजार दोसल्ला र सम्मानपत्र छ ।
पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहनुभएको थियो । हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भएका छन् ।
विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बन्नुभएको थियो । उहाँको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह ९२०२५० लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत पाउनुभएको थियो । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक ९२०१००, नयाँ झ्याउरे कविता ९२०१०० र निर्झर कविता ९२०१५० उहाँका प्रकाशित कृतिहरू हुन् ।
पुरस्कृत हुने उषाका नजन्मेका आस्थाहरू कविता सङ्ग्रह ९२०४८०, अक्षरहरूका शिविरबाट मुक्तक सङ्ग्रह ९२०५६०, सर्वकालीन पीडा र जागृतिका शङ्खघोष कविता सङ्ग्रह २०६३, तेस्रो रङ्ग कथा सङ्ग्रह ९२०७००, आँधी उपन्यास ९२०७६० लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उहाँले यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य बनिता पुरस्कार ९२०६९०, योगेश्वर कला सहित्य पुरस्कार ९२०७००, नातिकाजी सङ्गीत पुरस्कार ९२०७२०, वासु शशि स्मृति वानिरा पुरस्कार ९२०७८०, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५७० बाट पुरस्कृत भइसक्नुभएको छ भने रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक ९२०४५०, वीरेन्द्र ऐश्वर्य सेवा पदक ९२०५८०, विश्वनारी नेपाली साहित्य पदक ९२०७१०, भानुभक्त स्वर्ण पदक ९२०७१० र सत्यमोहन जोशी शताब्दी पदक ९२०७३० पाइसक्नुभएको छ ।
अर्थ सन्जाल