

निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज (सोमबार) दोहोरो अंकको वृद्धि देखिएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ ।
यता, सेन्सेटिभ परिसूचक ५.५७ अंकले बढेर ३७२.९३ बिन्दुमा उक्लिएको छ ।
आज एक अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक २१ करोड ३२ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै आज लगानीकर्ताहरुमा बैंकमा झुम्मिएका हुन् ।
त्यस्तै, कुमारी बैंकको संस्थापक सेयरको १० करोड ९८ लाख, शिवम सिमेन्टको ६ करोड २१ लाख, आशा लघुवित्तको संस्थापक सेयरको ५ करोड ९३ लाख, हिमालन डिस्टिलरीको ४ करोड ३५ लाख, एनआईसी एसिया बैंकको ४ करोड १२ लाख, रिडी पावरको ३ करोड ४६ लाख, प्रभु बैंकको २ करोड १२ लाख, ग्लोबल आइएमई बैंकको २ करोड ४ लाख, र एनसीसी बैंकको १ करोड ९६ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।
अर्थ सन्जाल