

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ दिनका लागि जोड इनिस्येटिभसँग बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । यसका साथै बैंकले दृष्टिविहिीनहरुलाई लक्षित गरेर ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने बैंकले जनाएको हो ।
बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता बैंकले लिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल