

सिवाईसी लघुवित्त र समिट लघुवित्तको सेयरमूल्यमा सोमबार पनि सकारात्मक सर्किट लागेको छ ।
दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिवाईसी लघुवित्तको सेयरमूल्य २०५४ रुपैयाँ ८० पैसा पुगेको छ भने समिट लघुवित्तको सेयरमूल्य ११६६ रुपैयाँ २० पैसा पुगेको छ ।
सिवाईसी लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएसँगै असार २३ गतेदेखि शेयर कारोबार रोक्का थियो । नेप्सेले आइतबारदेखि किनबेच हुने गरी सेयर कारोबार फुकुवा गरेको हो ।
त्यसैगरी, समिट लघुवित्तले नेसनल माइक्रोफाइनान्ससँग मर्जरका लागि सम्झौता गरेपछि गत असोज २७ गतेदेखि सेयर कारोबार रोक्का रहेको थियो । यी दुई कम्पनीले असोज २६ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
नेप्सेले मंसिर २२ गते बिहीबारदेखि समिटको सेयर कारोबार फुकुवा गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल