

माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोलि (मंसिर २७ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले आज (मंसिर २६ गते)सम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल