

सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । प्रतिसेयर अंकित रु.१०० का दरले साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) सेयर निष्काशन गर्न लागेको हो ।
आयोजना क्षेत्र बझाङ जिल्लाका प्रभावित र वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ निष्काशन गर्ने भएका हो । त्यसका लागि सनराइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।
जारीपूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
अर्थ सन्जाल