

लक्ष्मी बैंकले सेयरधनीहरुलाई प्रतिफल वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई कुनै किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको कमाइको सबै रकम जगेडा कोषमा सञ्चित गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको हो । साथै बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनलाई अनुमोदन गरेको छ । उक्त प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि बैंकले गरेको छ । राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकले साधरण सभा बोलाउने छ ।
Artha Sanjal
अर्थ सन्जाल