अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

साधारणसभा ‘वित्तीय कारोबार गर्ने सहकारीलाई छुट्टै ऐन आवश्यक’

  • अर्थ सन्जाल
  • २५ मंसिर २०७९, आईतवार १७:३९


वित्तीय कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छट्टै कानुन निर्माण गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरीकोटमा आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठीमा सहभागीले सहकारी ऐन र नियमावलीले सबैखाले सहकारीका विषयमा व्यवस्था गरे पनि त्यो पर्याप्त नभएकाले वित्तीय कारोबार गर्ने सहकारीका लागि छुट्टै ऐन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका वरिष्ठ अधिकृत नवीनराज दाहालले वित्तीय सहकारीमा सुशासन प्रवर्द्धनका लागि छुट्टै वित्तीय सहकारी ऐन आवश्यकता रहेको बताए ।

“एकसय वित्तीय कारोबार गर्ने सहकारी संस्थामा सिद्धान्त परीक्षण गर्दा कुनैले पनि ४० अङ्क ल्याउन सकेनन्, यसैले वित्तीय कारोबार गर्ने सहकारी व्यवस्थापनका लागि छुट्टै कानून आवश्यक छ”, उनले भने ।

वित्तीय कारोबार गर्ने सहकारीमा अहिले पनि प्रष्ट माइन्युट लेख्न नसक्ने, सहकारी ऐनलाई टेकेर विनियम बनाउन नसक्ने जनशक्ति रहेको अनुगमनका क्रममा भेटिने गरेको उनले बताए । वित्तीय कारोबार गर्ने सहकारीमा स्पष्ट कानुन अभाव र भएका कानुन पनि पालना हुन नसक्दा समस्या आउने गरेको उनको भनाइ छ ।

समस्यामा जान लागेका सहकारीलाई व्यवस्थापन गर्न सहयोग पुग्ने गरी सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाबमोजिम सहकारी कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण र बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गरिनुपर्नेमा पनि सहकारी अभियानकर्मीले जोड दिएका छन् ।

“पाँच वर्षअघि नै बनेको कानुन पूर्णरूपमा कार्यान्वयन भएको भए यति धेरै सङ्ख्यामा सहकारी समस्याग्रस्त हुने अवस्था आउने थिएन”, सहकारी अभियानकर्मी गोविन्द काफ्लेले भने ।

वित्तीय कारोबार गर्ने सहकारी समस्याग्रस्त हुनबाट जोगाउन वित्तीय स्तरीकरण र स्थिरीकरण कोष निर्माण गरिनुपर्ने उनको भनाइ छ । वित्तीय कारोबार गर्ने सहकारीले सहकारी ऐन, २०७४ को दफा १४ र सहकारी नियमावली २०७५ को दफा ८ अनुसार ऋण असुल गर्नुपर्ने चरीकोटस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताए । आर्थिक र राजनीतिक अस्थिरताले ऋण असुलीमा समस्या हुने गरेको उनको भनाइ छ ।

लामो समयदेखि सहकारी अभियानमा सक्रिय एवं राष्ट्रिय सहकारी महासङ्घबाट समस्याग्रस्त सहकारी समितिमा प्रतिनिधित्व गरेका सञ्चालक सदस्य डिबी बस्नेतले लेखापरीक्षण प्रतिवेदनमा आम्दानी नदेखाउने तर शेयर सदस्यलाई १५ प्रतिशत लाभांश बाँड्ने गरेको भेटिएको बताए । बचत तथा ऋण सहकारी संस्था धेरै भएकाले तिनको एकीकरण (मर्जर) मा जोड दिँदै अहिलेलाई दर्ता बन्द गराउन महासङ्घले माग गर्दै आएको उनको भनाइ छ ।

हाल ऋण लिने उद्देश्यका लागि मात्र सहकारीको सदस्य बन्ने, प्रक्रिया पूरा नगरी ऋण कारोबार गर्नेलगायतका समस्या सहकारीमा देखिएको उनको भनाइ छ ।

भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल सहकारीले बचतमा दिने र लगानीमा लिने ब्याजदरमा धेरै अन्तर पाइएको बताए । यसको अनुगमनका लागि छुट्टै निकाय नभएको उल्लेख गर्दै उनी नगरपालिकामा जनशक्तिको अभावमा अनुगमन गर्न नसकिएको स्वीकार गरे ।

तामाकोसी गाउँपालिकामा सहकारी शाखा प्रमुख पवन फुयाँलले डिभिजन सहकारी कार्यालयबाट पालिकालाई हस्तान्तरण भई आएका ६० सहकारीमध्ये गाउँपालिकामा ३० वटामात्र सञ्चालन भएको बताए । बाँकी ३० सहकारी कहाँ छन् भन्ने विषयमा स्थानीय सरकारलाई जानकारी नभएको उनले बताए ।

सहकारीमा समस्या उत्पन्न हुन नदिन समितिले सुशासन प्रवर्द्धनसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । यसका लागि जागरणमूलक कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष काशीराज दाहालले बताए।

“उत्पादन वृद्धि, रोजगारी सिर्जना र नेपालीको जीवनस्तर उकास्न सहकारी आवश्यक छ, उदारवादी लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले मात्र सबै काम गर्न सक्दैन”, उनले भने, “अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको सहकारी अभियान राम्रो छ भन्ने सन्देश दिने गरी काम गर्नुपर्छ ।”

सरकारले समेत तीन खम्बे अर्थनीतिको महत्वपूर्ण अङ्गका रुपमा सहकारीलाई स्वीकार गरेकाले यसको विकल्प नएको उनको भनाइ छ ।
सहकारीमा समस्या आउन नदिन सातै प्रदेशमा चेतना फैल्याउने गरी समितिले सुशासन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गर्न लागेको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सहकारीमा सुशासन प्रवर्द्धनसम्बन्धी दुई वटा कार्यक्रम सम्पन्न गरिएको समितिको सदस्य–सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताए ।

Artha Sanjal
मिती : २५ मंसिर २०७९, आईतवार १७:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

साढे ७८ लाखसहित हुन्डी दुई जना कारोबारी पक्राउ

विपन्नलाई यसरी बनायो सहकारीले सम्पन्न

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

ताजा समाचार

  1. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  2. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  3. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
  4. सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड
  5. पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
  6. पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा
  7. मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.