

हिन्दू राष्ट्र र धर्म निरपेक्षताको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसद भने क्रिश्चियन धर्मका प्रचारक बुद्धिमान तामाङ र उनका बुहारी बिना लामालाई प्रतिनिधिसभा समानुपातिक सांसदमा सिफारिस गरेको छ ।
राप्रपाले पार्टी उपाध्यक्ष्य बुद्धिमान तामाङसहित उनकी बुहारी बिनालाई सिफारिस गरेको हो ।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा पाएका ७ सिटमध्ये आदिवासी जनजातिबाट लामाको नाम अटाएको छ । राप्रपाले निर्वाचन आयोगमा निर्वाचनअघि बुझाएको बन्द सूचीमा जनजातितर्फको एक नम्बर लामाकै नाम राखेको थियो ।
पश्चिमा संस्कृतिका अनुयायी र क्रिश्चियन मिसनरीका अगुवा विना लामालाई समानुपातिक सांसदमा बनाइएपछि पार्टीमा चरम असन्तुष्टि पैदा भएको छ । उनलाई समानुपातिक सूचीमा राख्दा पनि पार्टीभित्र मतैक्यता थिएन । तर पार्टी उपाध्यक्ष तामाङकै फोर्समा बिनालाई राखिएको राप्रपाकै असन्तुष्ट नेताहरु बताएका थिए । विना मात्र नभई राप्रपा उपाध्यक्ष तामाङलाई समेत पटक पटक क्रिश्चियन प्रचारक भनेर आरोप लाग्दै आएको छ ।
धादिङको रुबी भ्याली गाउँपालिकाबाट राप्रपाले एकै परिवारका ३ जना समानुपातिक सांसद चयन गरेको छ । यसो गरेसँगै राप्रपामा चरम विवाद चुलिएको छ । नातावाद र कृपावादलाई अघि सार्दा राप्रपा फुटको संघारमा पुगेको त्यहाँका एक नेताले बताए ।
हिन्दुराज्य पुनर्स्थापना प्रमुख एजेण्ड रहेको राप्रपाले हिन्दुहरुको मतको दुरुपयोग गर्दै लामो समयदेखी संघर्ष गरेका धार्मिक व्यक्तित्वहरुलाई पाखा लगाएर पश्चिमा सस्कृति अंगालेका क्रिस्चियन मिसनरीका व्यक्तिलाई सांसद बनाएकोप्रति राप्रपाका नेता तथा कार्यकर्ताले नै आपत्ति जनाएका छन्।
अर्थ सन्जाल