

लमजुङको स्याङ्गे खोलामा रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे खोलाका हाइड्रोपावर लिमीटेडले आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ८ लाख ७० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
प्रति इकाई १०० को दरले कम्पनीले कुल ८७ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न खोजेको हो । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल