

१० वटा वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् । मंसिर महिना सकिन लाग्दा पनि १० बैंकले अझै लाभांश वितरण नगरेका हुन् ।
नबिल बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे , एनआईसी एसिया, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमायालन, सनराइज र सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।
मंसिर सकिन लाग्दा पनि यी बैंकहरुले हालसम्म लाभांश घोषणा गरेका छैनन् ।
लाभांश घोषणा गरेकामध्ये ५ बैंकहरु सिटिजन्स, कुमारी, एनसीसी बैंक, ग्लोबल आईएमई बैंकले साधारणसभा सम्पन्न गरी लाभांश समेत पारित गरीसकेका छन् ।
स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश पनि आज (मंसिर २५ गते ) पारित गरेको छ ।
एभरेस्ट, सानिमा, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा, सेञ्चुरी र प्रभु बैंकले साधारणसभाको मिति तय गरिसकेका छन् । यी मंध्ये प्रभु र सेञ्चुरीको बुकक्लोज हुन बाँकी छ ।
प्रभु बैंकले आगामी मंगलबार र सेन्चुरीले आगामी शुक्रबार बुक क्लोज गर्दैछन् ।
बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईको भने साधारणसभा र बुक क्लोजको मिति तय हुन बाँकी छ ।
यता लक्ष्मी बैंकले भने यसपटक लगानीकर्ताको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको छ ।
हालसम्म १५ बैंकको लाभांश घोषणा
हालसम्म १५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।
सिटिजन्स, कुमारी, एनसीसी बैंक, ग्लोबल आईएमई बैंक, स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, सानिमा, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा, सेञ्चुरी, प्रभु बैंक, सिद्धार्थ, एनएमबी र एसबीआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश पारित गरेका हुन् ।
जसमा सबैभन्दा बढी लाभांश बैंक अफ काठमान्डूले र सबैभन्दा कम लाभांश सेञ्चुरी बैंकको रहेको छ ।
कुन बैंकको कति ?
अर्थ सन्जाल