अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कालिगण्डकीमा १५० मेगावाट विधुत परियोजनाको तयारी

  • अर्थ सन्जाल
  • २४ मंसिर २०७९, शनिबार १४:५८


नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको २९ औँ वार्षिक साधारणसभामा आज उनले यस्ताे बताएका हुन् ।

म्याग्दीभित्र पर्नेगरी कालिगण्डकी नदीको पानीबाट १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको छ । नेपाल सरकारले १५ सय मेगावाटको पीपीए गर्ने भन्ने निर्णय भइसकेकाले त्यही समयमा यस क्षेत्रको पनि पीपीए हुने उनको भनाइ छ । अन्य काम सबै भएकाले अब पीपीएपछि निर्माणको काम थालनी हुने ढकालले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले देशैभरी हुने मेला महोत्सवहरू उद्योग वाणिज्य महासङ्घका सदस्यले मात्रै गर्नुपर्छ भन्ने माग आफूहरूले नेपाल सरकार समक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने पनि बताए ।

जिल्लाका स्थानीय तहहरूले सम्भावित आयोजनाहरू, हाइड्रो, पर्यटन, तथा सम्भावित पर्यटन प्रवर्द्धनको सम्भावना रहेको क्षेत्र पहिचान गर्नुपर्ने र त्यसको बारेमा आफूहरूले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने ढकालको भनाइ छ । कुनै पनि क्षेत्रमा उद्योग, व्यवसाय तथा उत्पादन मूलक क्षेत्र साझेदारीमा सञ्चालन गर्न प्रयास हुने उनले बताए ।

स्थानीय सरकारको तर्फबाट सकारात्मक प्रयास भएमा निजी क्षेत्रको साथ हुन्छ भन्दै कुनै पनि पूर्वाधार विकासको क्षेत्रमा निजी क्षेत्रका तर्फबाट भरमग्दुर प्रयास हुने उनले बताए । काठमाडौंको चन्द्रागिरि हिल्सजस्तै सातै प्रदेशमा पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य पहिचान र लगानी गरिनु पर्ने उनले सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ ठूलो संस्था हो त्यसैले व्यावसायिक कठिनाइ समाधानका लागि पनि नेपाल सरकारसँग पहल गर्दै अघि बढ्नु पर्ने उनले बताए । देशैभरका कुनै पनि उद्योगी व्यापारीको समस्याको समाधानसम्बन्धी माग कडाइका साथ सरकारसमक्ष राखेर समाधानका लागि प्रयास गरिने ढकालले बताए ।

Artha Sanjal
मिती : २४ मंसिर २०७९, शनिबार १४:५८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.