

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६ज्ञ रूपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल