

पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे । तर त्यो अग्रता धेरै बेर टिकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्याए ।
Artha Sanjal
अर्थ सन्जाल